बाढीका कारण अभिभावकविहीन भएका बालबालिका एसओएसको संरक्षण गर्ने भएको छ। बाढी प्रभावित क्षेत्रका स्थानीय तहसँगको समन्वयमा ती बालबालिकालाई संरक्षणमा लिने एसओएसले जनाएको छ।
उनीहरूलाई आवास, खाद्यान्न, कपडा, स्वास्थ्य उपचार र शिक्षासहित आवश्यक आधारभूत सेवा उपलब्ध गराउने व्यवस्था गरिने छ। बाढीका कारण परिवार तथा घर गुमाएका बालबालिकाका लागि मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी सहयोगसमेत आवश्यक रहेको बताइएको छ।
गत भदौं १० गतेको बाढीले करिब १७ हजार बालबालिका प्रभावित भएको अनुमान सरकारको छ। तीमध्ये करिब २ सय बालबालिकाको सर्वश्य गुमेको बताइएको छ। अभिभावक गुमाएका तथा तत्काल संरक्षण आवश्यक पर्ने बालबालिकाको पहिचान गरी सुरक्षित व्यवस्थापन गर्ने प्रक्रिया जारी रहेको एसओएसको भनाइ छ।
बाढीपछि विस्थापित बालबालिकाको शिक्षा निरन्तरता, स्वास्थ्य अवस्था र मनोसामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
*यसअघिको समाचारको हेडलाइन फरक परेकाले सच्याइएको छ- सम्पादक
प्रकाशित: २१ भाद्र २०८३ १८:४६ आइतबार





-600x400.jpg)