खोलेमा डुबेर गम्भीर घाइते भएका ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका ४ वर्षे एक बालकको मृत्यु भएको छ।
फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बैशाखे भालुखोप निवासी तिलकसिंह लिम्बू तथा पवित्रा लिम्बूका ४ वर्षीय छोरा सेसेहाङ लिम्बूको मृत्यु भएको हो। वडाध्यक्ष लिम्बूका अनुसार सेसेहाङ घरमै खेल्ने क्रममा बिहीबार अपरान्ह अचानक खोलेमा पर्न गई डुबेर गम्भीर घाइते भएका थिए।
घाइते बालकको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटारमा पुर्याउँदा मृत्यु भएको मृतकका परिवारका सदस्यलाई उद्यृत गर्दै वडाध्यक्ष लिम्बूले जानकारी दिए।
मृतकका बारेमा स्थलगत सर्जमिन मुचुल्का तयार भई पोष्टमार्टमसहित आवश्यक प्रकृया प्रारम्भ भएको वडाध्यक्ष लिम्बूले जानकारी दिए।
प्रकाशित: २९ श्रावण २०८३ १२:५५ शुक्रबार





