१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा एकैदिन ४ दुर्घटना, ६ घाईते

मदन भण्डारी लोकमार्गका विभिन्न ३ ठाउँसहित उदयपुरमा एकैदिन शुक्रबार ४ सवारी दुर्घटना हुँदा आधादर्जन घाईते भएका छन् । विहान ०९ः१० बजेदेखि दिउसो २ः०० बजेसम्म फरक फरक ठाउँमा दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् ।  

विहान ९ः१० बजे मदन लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ९ कालीखोलामा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स ५ प ४०४१ नं. स्कुटर र बिपरित दिशाबाट आउँदै गरेको बा प्र ०२–०१९ प १५३७ नं को मोटरसाईकल एकापसमा ठक्कर खादा ३ जना घाईते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि मोटरसाईकल चालक रौतामाई गाउँपालिका ७ मुर्कुचीका २२ वर्षीय सुरेन्द्र पुलामी मगर, पछाडि सवार उनकै आमा ४३ वर्षीया दिलकुमारी मगर र स्कुटर चालक त्रियुगा १२ शनिमन्दिरका २६ वर्षीय ईमन कार्की घाईते भएका छन् । उनीहरुलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

त्यसैगरी विहान ११ः०० बजे मदन लोकमार्गकै रौतामाई ७ घट्टादेखि मुर्कुचीतर्फ जाँदै गरेको बा ४० प ८२५२ नं. को मोटरसाईकलले ठक्कर दिँदा सोही ठाउँका पैदल यात्री ८२ वर्षीय नारायणबहादुर कार्की घाईते भएका छन् । उनको पनि जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको छ ।

तेस्रो दुर्घटना मध्यान्ह १२ः०० बजे मदन लोकमार्ग अन्तर्गतमै पर्ने त्रियुगा १० आँखा अस्पताल नजिकै मुर्कुचीबाट बोक्सेतर्फ जाँदै गरेको नेपाली सेना पशुपतिप्रसाद गण बोक्सेको टु–टन गाडी र विपरित दिशाबाट आउँदै गरेको मोटरसाईकल एकापसमा ठक्कर खाँदा मोटरसाईकल चालक झापाको कमल गाउँपालिका ५ का ३७ वर्षीय गोपालबहादुर सार्की घाईते भएका छन् । उनलाई पनि जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरि दिउँसो २ः०० बजे त्रियुगा नगरपालिका १० बोक्सेचोकनजिकै करमगाछीबाट गाईघाटतर्फ आउदै गरेको मोटरसाईकलले बाटो काट्दै गरेका पैदल यात्री खोटाङको दिप्रुङ चिइचुम्मा गाउँपालिका ७ टेम्मा घर भई त्रियुगा नगरपालिका १० बोक्से बस्दै आएका रत्नबहादुर राईको १६ वर्षीय छोरा सुमन राई घाईते भएको प्रहरीले जनाएको छ । सामान्य घाईते भएका उनलाई भने जिल्ला अस्पताल उदयपुरमा उपचारपछि साँझ डिस्चार्ज गरिएको छ ।  

दुर्घटनामा संलग्न मोटरसाईकलहरु र चालकहरु फरार रहेकाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।

प्रकाशित: २१ कार्तिक २०८२ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App