२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बौद्धमा बन्द कोठाभित्र आमा-छोरी मृत, पति बेहोस

प्रतिकात्कम तस्बिर

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नी एक महिनाकी छोरीसहित मृत फेला परेकी छन्।  

प्रहरीका अनुसार सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्ने गरेकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी हुन्।

महानगरीय प्रहरी वृत्त (बौद्ध) का प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको जानकारी दिए।  

उनको अहिले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।  

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।  

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) लगिएको प्रहरीले जनाएको छ।  

किराना पसल सञ्चालन गर्ने उनीहरुलाई कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए। क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर उनीहरू सुतेको फेला परेका थिए।

प्रकाशित: १८ मंसिर २०७७ १०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App