६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बेपत्ता किशोरको हत्या, तीन जना पक्राउ

बेपत्ता भएको चार दिनपछि सुनसरी दुहवीका एक किशोरको शव फेला परेको छ। सोमबार बिहान उनको शव फेला परेको हो। मंसिर १० गतेदेखि वेपत्ता भएका दुहवी –२ बीरगाँउका १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव सोही वडाको अरुण वनस्पति उद्योगको प्रांगनमा फला परेको प्रहरीले बताएको छ।

सुजन साथीको घर जान्छु भनेर घरबाट गएका थिए। उन घरमा नफर्केपछि बुबा सुरेन्द्रनारायण चौधरीले मंसिर ११ गते इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए। घरबाट निस्केको दिन साँझ अबेरसम्म नआएपछि उनको मोबाइलमा फोन गर्दा अरु कसैले फोनमा कुरा गरेका थिए।

फोनमा ‘सुजन हाम्रो नियन्त्रणमा छ। फिर्ता लैजनो भए पैसा चाहिन्छ’ भन्ने जवाफ दिएको सुरेन्द्रनारायाणले बताए। त्यसपछि उनको कुनै सम्पर्क हुन सकेको थिएन। आफ्नो छोरा अपहरणमा परेको हुनसक्ने भन्दै परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए।

परिवारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाको नेतृत्वमा प्रहरीले टोलीले खोजतलास गर्ने क्रममा शव पारेको हो। उक्त घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँका २० वर्षीय सुमन झालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका झा सुजनको घर नजिकैका हुन्। प्रहरीले सुमनको घरमा खोजतलास गर्दा सुजनको मोवाइल फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानकै क्रममा सुमनले सुजनको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। किन ? हत्या गरेको भन्ने कारण खुली नसकेको प्रहरीको भनाइछ। प्रहरीले झासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: १६ मंसिर २०७७ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App