८ वैशाख २०८१ शनिबार
समाज

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङको बेलबारीका ७६ बर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। प्रतिष्ठानको सुचना केन्द्रका अनुसार उनको हिजो राती साढे ९ बजे मृत्यु भएको थियो। उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो। कोभिड अस्पतालमा मंसिर २ गते भर्ना भएका मृतकलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७७ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App