२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

छुट्टाछुट्टै स्थानबाट लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ

लागुऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्ने गरेकाले श्रृखलाबद्ध रुपमा प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन्।  

सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागुऔषध नेपाल भित्र्याउन सहजै छ। सहजै लागुऔषध भारतबाट नेपाल भित्र्याउने क्रममा सुनसरी प्रहरीले दुई स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ।  

बुधबार साँझ विशेष सूचनाको आधारमा इनरुवा वडा नं. ६ मधेशा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगरलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्ने चारै जनालाई वडा नं. ६ को ब्याडमिन्टन कवड हल अगाडिको खुल्ला मैदानबाट पक्राउ गरिएको हो। प्रहरीले पक्राउ परेकाहरुको साथबाट डाइलेक्स डिसी सय एमको १४ बोतल, स्पास्मोप्रोक्सिबन आठ क्याप्सुल, नाइट्राभेट ट्याब्लेट दस लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको मोवाइल पाँच थान र एउटा जिक्सर मोटरसाइकल बरामद गरेको छ। बिहीबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि पक्राउ परेकाहरुलाई अनुसन्धान थालिएको छ।

यसैगरी, बिहीबार इनरुवा वडा नं. १० जल्पापुर सडक खण्डमा प्लाष्टिकको बोरा लिई हरिनगर गाउँपालिकाबाट आउँदै गरेको मानिसलाई शंका लागि सोधपुछ तथा बोरा चेकजाँच गर्ने क्रममा एक जना कारोबारी पक्राउ परेका छन्। प्रहरीले हरिनगर गाउँपालिका वडा नं. ४ का २७ वर्षे नौसाद अनसारीलाई पक्राउ गरेको हो।  

उनको साथबाट प्रहरीले डाइलेक्स डिसी सय एमको ३९ बोतल, स्पास्मोप्रोक्सिबन ७२ क्याप्सुल, नाइट्राभेट ट्याब्लेट दस लेखिएको ७७ ट्याब्लेट र एक थान मोवाइल बरामद गरेको छ। सुनसरीमा पछिल्लो पाँच महिनाको अवधिमा प्रहरीले जिल्लाभर ६० वटा मुद्दा चलाएको छ। बैशाख २४ गतेदेखि कार्तिक ७ गतेसम्मको अवधिमा ९० जना लागुऔषध प्रयोग तथा कारोबारीलाईं पक्राउ गरि मुद्दा चलाएको रेकर्डमा उल्लेख छ।  

मानिसको मस्तिष्क र स्नायू प्रणालीलाई प्रभावित पार्ने अथवा मानिसले सोच्ने, सम्झने शक्तिलाई विकृत तुल्याई बानी र व्यवहारमा परिवर्तन ल्याई दिने कुनै पनि पदार्थलाई लागुऔषध भनिन्छ। यसको प्रयोगबाट सबैभन्दा पहिले मानिसको केन्द्रीय स्नायू प्रणालीमा असर पर्दछ भने अन्य भागहरु जस्तै-मिर्गौला, कलेजो, फोक्सो, मुटु, मांशपेशी आदिको कामलाई पनि प्रभावित पार्दै जान्छ।

लागुपदार्थको निरन्तर जथाभावी प्रयोग गर्दा जादा शरीरमा एक प्रकारको सहने क्षमताको विकास हुँदै जान्छ अर्थात् शारीरिक तथा मानसिक रुपले लागुपदार्थमै निर्भरताको अवस्था सिर्जना हुन्छ, जसको परिणाम स्वरुप लागुपदार्थ विना दैनिक जीवन सामान्य अवस्थामा व्यतित गर्न नसक्ने हुन्छ, त्यही अवस्था नै दुव्र्यसन हो।

प्रकाशित: ४ मंसिर २०७७ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App