coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।      

प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका–४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।      

रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताए। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।  रासस    

 

   

 

प्रकाशित: १ मंसिर २०७७ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App