७ वैशाख २०८१ शुक्रबार
समाज

दुलालले गरे ‘काग सम्मेलन’

कागतिहारको दिन शुक्रबार इलाम बजारको माइस्थान मन्दिरमा काग बोलाउँदै इलामका रमेश दुलाल ।

काग तिहारको अवसरमा एक युवकले सदरमुकाममा ‘काग सम्मेलन’ गरेका छन्। सधैंजसो कागतिहारमा काठमाडौंमा काग सम्मेलन गर्ने गरेका इलाम नगरपालिका–२, सुम्बेकका रमेश दुलालले १७ औं काग सम्मेलन गृहजिल्लामा गरेका हुन्।  

मुखबाट कागको जस्तै आवाज निकालेर उनले सदरमुकामको चोक बजार र माइस्थान मन्दिरमा काग बोलाए। उनले कागलाई खुसी हुँदा र दुःख परेका बेलाको आवाज निकाल्दा दर्जनौं काग वरिपरि जम्मा भएका थिए। उनको काग बोलाउने कला हेर्न प्रमुख जिल्ला अधिकारीसहित इलाम बजारबासी भेला भएका थिए।  

यमदूतका रूपमा पूजा गरिने कागले शुभ र अशुभ खबर ल्याउने विश्वास गरिन्छ। यही विश्वासले यमपञ्चकको पहिलो दिन कागको पूजा गरी उसलाई खाना दिएरमात्र आफू खाने चलन छ। कागलाई दुःख परेको र खुसी भएका बेला बोलाउने आवाज आफूले निकाल्ने गरेको दुलालले बताए। ‘काग कुनै कारणले अभर परेर कराउँदा, उसलाई आइज र जा भन्दा निकाल्ने आवाजले काग आकर्षित हुन्छन्,’ उनले भने, ‘१ किलोमिटरसम्म टाढाका कागसमेत ठूलो आवाजले आकर्षित गर्न सकिन्छ।’ दुलालले मुखैले मादल र गिटार बजाउँछन्। अन्य चराचुरुंगीका आवाजसमेत निकाल्छन्।  

 

 

 

प्रकाशित: २८ कार्तिक २०७७ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App