७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोनाको खोप पहल गर्न सचिवस्तरीय कार्यदल

सरकारले कोरोनाविरुद्धको खोप ल्याउनको लागि सचिवस्तरीय तीन सदस्यीय कार्यदल गठन गरेको गरेको छ। परराष्ट्र सचिव भरतराज पौडेल, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढुंगाना सहितको कार्यदल गठन गरेको हो। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीनवटा मन्त्रालयका सचिवमार्फत खोप ल्याउन सहजीकरण गर्नको लागि सहजीकरण गर्ने, पत्राचार गर्ने जस्ता काम गर्नको लागि कार्यदल गठन गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए। ‘कार्यदलले आफंै खोप खरिद गर्ने हैन, सम्पर्क तथा पत्राचार जस्ता काममा सहजीकरण गर्ने हो,’ मन्त्री ढकालले मंगलबार नागरिकसँग भने।

कोरोनाबाट थप २२ को मृत्यु
गत चौविस घण्टामा कोरोना संक्रमणको कारण थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ। त्यसैगरी गत चौविस घण्टामा थप २७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये १ लाख ६० हजार ५ सय ७७ जना निको भएका छन्। हाल निको हुने दर ८० प्रतिशत रहेको छ भने मृत्यु हुने दर ०.६ प्रतिशत रहेको छ। हालसम्म नेपालमा १५ लाख, ६४ हजार २ सय १४ वटा नमुना परिक्षण भएको छ।

हाल देशभरिमा ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। तीमध्येमा २९ हजार ७ सय ३४ जना होम आइसोलेसनमा छन् भने ८ हजार ३ सय १ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका ४ सय ४ जनाको आइसियुमा र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App