१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बन्दै छ हात धुने अड्डा

फाइल फोटो

डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३ सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ।

अहिले कार्यालयलगायत संघसंस्था आफैँले पनि कार्यालय बाहिर हात अनिवार्य धुने व्यवस्था गरेका छन्। सार्वजनिकस्थल र केही सरकारी कार्यालय बाहिर भने रुडुकले हात धुने अड्डा बनाउन लागेको हो।

खुट्टाले च्याप्दा पानी आउने अड्डा बनाउन लागिएको रुडुकले जनायो। जिल्ला प्रशासन, नापी र  मालपोत कार्यालय, डडेल्धुरा बसपार्क, डडेल्धुरा अस्पताल, उग्रतारा मन्दिर, महेन्द्र माविमा पाँच सय लिटरको ट्यांकी राखिने छ। यस्तै गन्याधुरा गाउँपालिका र परशुराम नगरपालिकाका दुईदुई स्थान र नवदुर्गा गाउँपालिकाको एक स्थानमा हात धुने अड्डा बनाइने छ।

बसपार्क, नापी र मालपोत कार्यालयलगायत स्थानमा भने हात धुने अड्डा बनाई सञ्चालनमा आएको छ। रुडुकद्वारा सञ्चालित स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रमअन्तर्गत हात धुने अड्डा बनाइएको कार्यक्रम संयोजक अनुप सिंहले बताए। यसै कार्यक्रमअन्तर्गत रुडुकले एक हजार घरधुरीमा बाल्टिन र साबुन पनि वितरण गरेको छ। रासस

प्रकाशित: २३ कार्तिक २०७७ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App