नेपालगंज -गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बढैयाताल गाँउपालिका वडा नं. ८ मा शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।
भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भे १ त ५०९९ नं. को ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ वर्षिय अर्जुन रिमाल र २३ वर्षिया ललिता रिमालको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए।
ट्रयाक्टर र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाका कारण नखुलेकोले अनुसान्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: २३ कार्तिक २०७७ ०३:२० आइतबार