१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ३ सय १५ संक्रमित थपिए, ३ सय ५० डिस्चार्ज

प्रदेश १ मा शुक्रबार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका विभिन्न आइसोलेसनमा रहेका ३ सय ५० संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। प्रदेशको मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुंगा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैँचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र  र कोसी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहबी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा ४, म्याङ्लुङ र छथरमा १–१, इलामको इलाम नगरपालिकामा २ र सूर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङ्लिङ, ओखलढुंगाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ।

प्रदेशमा ३ सय ५० जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्यूरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ।

प्रदेशमा शुक्रबार १ हजार १ सय ९७ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ६७ हजार ३ सयको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७७ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App