७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा १ जनामा कोरोना संक्रमण, अब रहेन संक्रमित शून्य जिल्ला

ताप्लेजुङमा शुक्रबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शून्य संक्रमण जिल्ला रहेको ताप्लेजुङ फेरि संक्रमित जिल्ला बनेको छ। दसैं मनाउन झापा गएर फर्किएका फुङ्लिङस्थित प्रभु बैंकका एकजना कर्मचारी कोरोना संक्रमित भएका हुन्।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले झापा पुग्दा संक्रमित एक बैंक कर्मचारीसंग बढी घुलमिल गरेका कारण शंका लागि परीक्षण गर्दा फुङ्लिङस्थित प्रभु बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिए। बैंकका ति कर्मचारीले आफैं सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै आफूसंग निकट सम्पर्कमा रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।  

शंकास्पद उनी आफैंले होम आइसोलेसनमा रहेको केहि समयपछि स्वाब दिएका थिए। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ जिल्ला अस्पतालले उनी सहित ५ जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएकोमा बैंकका ति कर्मचारीको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। प्रमुख जिल्ला अधिकारी चापागाँइले शंका लागेदेखि नै होम आइसोलेसनमा रहेका व्यक्तिमै कोरोना देखिएकोले बैंक सिल गर्ने वा नगर्न भन्ने बारेमा कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिमा अनौपचारिक छलफल गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०७७ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App