१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विवादपछि सिफारिस शुल्क लिने निर्णयबाट पछि हट्यो महानगर

होम आइसोलेसनमा बसेको सिफारिस गरेबापत शुल्क लिने निर्णयबाट विराटनगर महानगरपालिका पछि हटेको छ। होम आइसोलेसनमा बसेको सिफरिस गरेबापत महानगरले शुल्क लिएको विषय विवादित बने पछि महानगरपालिकाले सिफारिसको शुल्क लिने निर्णय फिर्ता लिएको हो।  

महानगरपालिकाले सूचना सार्वजनिक गरी होम आइसोलेसनमा बसेको सिफारिस निःशुल्क गर्ने निर्णय गरिएको जनाएको हो। महानगरले होम आइसोलेसनमा बसेको सिफारिस निःशुल्क गर्न मातहत कार्यालयहरूलाई निर्देशनसमेत दिएको छ। होम आइसोलेसन बसेको सिफारिसबापत महानगरपालिकाले ५ सय १० रुपैयाँ शुल्क लिन थालेपछि विवाद उत्पन्न भएको थियो।

प्रकाशित: २० कार्तिक २०७७ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App