७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बैंकका कर्मचारीलाई कोरोना संक्रमण

राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय जुम्लाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो। बैंक कात्तिक १६ देखि बैक सिल गरिएको  बैंक प्रबन्धक ओमबहादुर शाहीले जानकारी दिए।  

उनका अनुसार एक जना नगद सहायक, एक जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हो। कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि बैंक सिल गरिएको उनी बताउँछन्। संक्रमित तीन जना कर्मचारी   होम आइसोलेसनमा छन्।

कार्तिक १८ गते कार्यालय सरसफाईसहित सेनिटाइजन गरेपछि मात्र १९ गतेदेखि बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। बैंक सेनिटाइज गर्नका लागि जिल्ला प्रशासन कार्यालय जुम्लासँग समन्वय भईरहेको छ,बैंक प्रबन्धक शाहीले भने,‘ तर सेनिटाइज गर्न ढिलाई भएपछि २/३ दिन बैंक सञ्चालनमा नआउन पनि सक्छ ।’

यसअघि कृषि विकास बैंक जुम्लाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो। गत चैतयता जुम्लामा संक्रमित हुनेको संख्या तीन सय ५३ पुगेको छ। सोमबारसम्म ३८ जना सक्रिय संक्रमित रहेका छन्।

तीन सय १५ जना निको भएर घर फर्किसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए। लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना र मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रवेश गरेको प्रशासनको तथ्यांक छ।

प्रकाशित: १७ कार्तिक २०७७ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App