१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रयाक्टर दुर्घटनामा मृत्यु

सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा आज खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन्।  

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार ट्रयाक्टर पक्की सडकबाट भिरालो बाटामा गुडाएर ल्याउँदा अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरको फालीले घाँटीलगायत शरीरका विभिन्न भागमा काटेको थियो। गम्भीर चोट लागेपछि उपचारका लागि मध्यपुर अस्पताल लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनले बताए।

प्रकाशित: १५ कार्तिक २०७७ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App