५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

माथिल्लो त्रिशूली-१ को अडिट-३ बाट हालसम्म ३७ श*व निकालियो

भोटेकोशी बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-३ क्षेत्रबाट थप १३ शव निकालिएको छ।

आयोजनाका अनुसार असोज ४ गते नेपाली सेना र कम्पनीको संयुक्त उद्धार टोलीले अडिट-३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा थप १३ शव फेला पारी बाहिर निकालेको हो।

थप १३ शव बाहिर निकालिएसँगै अडिट-३ क्षेत्रबाट हालसम्म निकालिएका शवको संख्या ३७ पुगेको कम्पनीले जनाएको छ।

अडिट–३ क्षेत्रबाट निकालिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगिएको छ। जिल्ला प्रहरी कार्यालयले मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत प्रक्रियामा सहयोग गर्न आग्रह गरेको कम्पनीले जनाएको छ। सनाखतका लागि जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

आयोजनाका अनुसार ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ। यस्तै, कम्पनीको दुईतर्फी टनेलमा मिनी एक्साभेटर प्रयोग गरेर पनि खोजी तथा उद्धार कार्य भइरहेको छ।

प्रकाशित: ५ आश्विन २०८३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App