५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमित मुख्यमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याएको छ।

पौडेलको सचिवालयका अनुसार उनलाई हेटौंडाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको छ। हालै मात्र उनको मुटुको अप्रेसन गरिएको थियो। स्वास्थ्य अवस्था समान्य भए पनि मुटुको अप्रेसन गरेकोले सावधानिका लागि काठमाडौं ल्याइएको बताइएको छ। पौडेलकी श्रीमतिलाई र एक सुरक्षाकर्मीलाई समेत करोना संक्रमण देखिएको थियो।

 

 

प्रकाशित: ७ कार्तिक २०७७ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App