२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ।     रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ।      

“उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, उनले भने, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ।” खनालको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ बजे उपचारका लागि अस्पताल लगिएको थियो।      

 

 

प्रकाशित: २९ आश्विन २०७७ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App