७ वैशाख २०८१ शुक्रबार
समाज

कोशी अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु

प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु भएको छ । मंगलबारदेखि यो सेवा सुरु भएको हो। कोभिड–१९ का  विरामीका लागि मंगलबारदेखि  प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो।  

सेवा शुभारम्भ गर्दै कोभिड–अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका छन्।प्रदेश सरकारले कोभिड–१९ अस्पतालमा सेवाहरु थपगर्दै लगेको छ। अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर वस्नेतले बताए।  

कोभिड–१९ अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ। अस्पतालबाट हालसम्म  ४६१ जना डिस्चार्ज भएका छन्। ६२ जना अहिले उपचाररत रहेका छन्।

प्रकाशित: २७ आश्विन २०७७ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App