९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाबारे सचेतना फैलाउनेलाई साइकल र मोवाइल

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको बेला समाजका नागरिकलाई सचेतना फैलाउन खटिने स्वास्थ्य स्वयंसेविकालाई साइकल र मोवाइल प्रदान गरिएको छ।  

मोरङको सुन्दरहरँैचा नगरपालिका वडा नं. ४ मा खटिने स्वास्थ्य स्वयंसेविकालाई साइकल र मोवाइल प्रदान गरिएको हो। स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप काम गर्ने थप हौसला बढाउन साइकल र मोवाइल प्रदान गरिएको हो।  

स्वास्थ्य स्वयंसेविकालाई खटाइएको वडाका विभिन्न स्थानमा प्रत्येक घरमा पुगेर कोरोनासँगै अन्य स्वास्थ्य सम्बन्धी सेवा दिन र तथ्याङ्क संकलन गर्न सहजताका लागि साइकल र मोवाइल वडाले खरिद गरी वितरण गरेको सुन्दरहरैँचा नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए।  

स्वास्थ्य सम्बन्धी नेपाल सरकारका पोलियो थोपा खुवाउने, हात्तीपाईको औषधि खुवाउने, नियमित खोप लगाउने, जेष्ठ नागरिक स्वास्थ्य शिविरहरु जस्ता अभियानहरुमा स्वास्थ्य स्वयंसेविका गाउँमा पुगेर सेवा गर्ने गर्छन्। चैतदेखि भने कोरोनासम्बन्धी सचेतना फैलाउने काममा पनि स्वास्थ्य स्वयम् सेविका खटिएका छन्।

प्रकाशित: २३ आश्विन २०७७ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App