राष्ट्रपति निःशुल्क हवाइ उद्वार सेवा कार्यक्रममार्फत नेपाल सरकारले उद्वार उडान गरेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी एक गर्भवती महिलाको पेटबाट मृत शिशु निकालिएको छ। आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङकी ३५ वर्षीया गर्भवती चन्द्रकला बिकको पेटमै मृत भएको शिशु चिकित्सकले निकालेका हुन्।
‘बच्चा पेटमै मरेको अवस्थामा चिकित्सकले बाहिर निकालेको जानकारी पाएँ’, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तर्दथ समितिका सदस्य समेत रहेका जिल्ला सभापति इन्द्रबहादुर गुरुङले भने। उनका अनुसार ती महिलाको स्वास्थ्यमा भने क्रमशःसुधार आउँदै गरेको जानकारी आफूले पाएको गुरुङले जानकारी दिए। महिलाको उडान उद्वार नभएको भए शिशुसंगै आमाको पनि जयान जाने जोखिम हुन्थ्यो।
गर्भमा गम्भीर जटिलताका बीच निरन्तर रक्तश्रावका कारण जीवन जोखिममा परेकी ती महिलालाई बुधबार सरकारले हेलिकोप्टरमार्फत उद्वार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगेको थियो।
प्रकाशित: २३ आश्विन २०७७ १०:११ शुक्रबार