८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डा. केसीको स्वास्थ्य थप बिग्रँदै सरकार दबाबमा

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अक्सिजनको सपोर्टमा रहेका उनको बुधबारदेखि रक्तचापमा पनि कमी आएको छ । जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कनमा उतारचढाब, मांसपेशी दुख्ने, डब्लुबिसी, सुगर र पोटासियमको मात्रामा कमी जस्ता समस्या पनि उनमा देखिएका छन् । त्रिवि शिक्षण अस्पतालले बुधबार केसीको रक्तचाप नाप्दा आवश्यकभन्दा निकै कम देखिएको जानकारी गराएको छ । केसीले तत्काल अनशन नतोडे जुनसुकै बेला ज्यान तलमाथि हुनसक्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।  

भदौ २९ देखि जुम्लाबाट सुरु भएको केसीको १९औं पटकको यो अनशनप्रति विभिन्न राजनीतिक दल, पूर्वप्रधानमन्त्रीहरू, नागरिक समाजका अगुवा, लेखक, बुद्धिजीवी, प्राध्यापक, चिकित्सक, सर्वसाधारणलगायतले ऐक्यबद्धता जनाउँदै वार्ताका माध्यमबाट उनका माग सम्बोधन गर्न ध्यानाकर्षण गराए पनि सरकारले बल्ल औपचारिक रूपमा वार्ताका लागि समिति गठन गरेको छ ।  सरकारले मंगलबार शिक्षासचिवको नेतृत्वमा अनौपचारिक टोली पठाएर डा। केसीलाई अनशन तोड्न भनेको थियो । केसीले २०७५ साउन १० मा आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न आग्रह गर्दा पनि सरकार उदासीन देखिएको छ । केसीले स्वास्थ्य र शिक्षामा व्यापार हुनु हुँदैन भन्दै आएका छन् । उनले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने बताउँदै आएका छन् । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनको जीवन रक्षाका लागि नागरिक समाज, चिकित्सकलगायत विभिन्न पेसाकर्मी सडकमा उत्रन थालेका छन् । केसीको अनशनमा समर्थन जनाउँदै आवासीय चिकित्सक धर्नामा बस्न थालेका छन् ।

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

चिकित्सक संघ आन्दोलनमा
अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । संघले आइतबार डा। केसीको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर त्यसको सुनुवाइ नगरेपछि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो ।संघका अध्यक्षा डा। लोचन कार्कीका अनुसार बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको छ ।  

शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय भएको उनले भनाइ छ ।’ शुक्रबारसम्म पनि पनि सरकारले वार्ता टोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रम सार्वजनिक गरिनेछ,’ डा। कार्कीले भने, ‘संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरूबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ ।’संघका शाखा कार्यालयहरू, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरूको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दूरी कायम गर्दै धर्ना दिने कार्यक्रम पनि तय भएको छ । संघका शाखा कार्यालयहरू र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनशन गर्ने संघका महासचिव डा। बद्री रिजालले बताए । यसैबीच, डा। केसीसँग तत्काल वार्ताको माग गर्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर आवासीय चिकित्सकले पनि आन्दोलन सुरु गरेका छन् । केसीका माग सम्बोधन नभए थप आन्दोलन गर्ने उनीहरूको भनाइ छ । उनीहरूले बुधबार ओपिडी सेवासमेत बहिष्कार गरेका थिए ।

प्रकाशित: २२ आश्विन २०७७ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App