८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

डा. गोविन्द केसीकाे जीवन रक्षा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालहठ त्यागेर डा. गोविन्द केसीसँग वार्ता थाल्न आग्रह गरेको छ । डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हेक्का रहोस् लोकतन्त्र भर्सेस कम्युनिस्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ । केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’

कांग्रेसको पालामा डा. केसी अनशन बस्दा वार्ता गरेर कयौं माग पूरा गरिएको स्मरण गराउँदै विज्ञप्तिमा सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएको र शेरबहादुर देउवा नेतृत्वको सरकारले माग पूरा गर्न अध्यादेश ल्याएको उल्लेख गरिएको छ ।  

उपप्रधानमन्त्री पोखरेलसँग आचार्यको आग्रह
यसैबीच, कांग्रेस नेता नरहरि आचार्यले डा. केसीको जीवनरक्षा गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई आग्रह गरेका छन् । नेता आचार्यलाई भेट्न बुधबार उनकै निवास पुगेका उपप्रधानमन्त्री पोखरेललाई तत्काल वार्ता समिति गठन गरेर माग सम्बोधन गर्न आग्रह गरेका हुन् । सुशील कोइराला नेतृत्व सरकारको समयमा आफैंले वार्ता गरेर समस्या समाधानका लागि पहल लिएको स्मरण गराउँदै आचार्यले उनको स्वास्थ्य कमजोर भएकोप्रति चिन्ता व्यक्त गरेको कांग्रेस प्रचार विभाग सदस्य रामचन्द्र घिमिरेले जानकारी दिए । जवाफमा उपप्रधानमन्त्री पोखरेलले केसीले समाधान खोज्ने प्रयास भइरहेको जानकारी गराएका थिए । आचार्यलाई भेट्न उपप्रधानमन्त्री पोखरेल बुधबार दिउँसो साढे तीन बजे उनको निवास पुगेका थिए ।

प्रकाशित: २२ आश्विन २०७७ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App