१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दसैंमा घर आउनेले अनिवार्य बस्नुपर्नेछ १४ दिन क्वारेन्टिन

फाइल तस्बिर

तनहुँको दमाैलीमा दसैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ। 

सोमबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो।

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ।  

त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।  

बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ।  

ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए।  

उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ रिपोर्ट नआउँदै घर पठाउनु परे घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र पठाइने निर्णय भएको छ।

प्रकाशित: १९ आश्विन २०७७ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App