२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

किरिया बसेका १३ जनामा कोरोना

झापा मेचीनगरमा एकै परिवारका १३ जनामा कोरोना पुष्टि भएको छ । मेचीनगर–८ की ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको मृत्यु भएपछि काजकिरिया गर्न बसेका छोरा, छोरी, बुहारी र आफन्तमा कोरोना पुष्टि भएको हो । 

पवित्रादेवीको असोज ४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो । उनको परीक्षणमा पनि कोरोना पोजेटिभ नै पुष्टि भएको थियो । उनीहरूले किरिया सकेर पिसिआर परीक्षण गराएका हुन् । ती सबै संक्रमित घरमै बसेका छन् । 

कोरोना संक्रमित हुने सातजना त पत्रकारमात्रै छन् । संक्रमितको सम्पर्कमा रहेका सबैको अब पिसिआर परीक्षण गरिने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रकाशित: १७ आश्विन २०७७ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App