१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल-चीन सीमास्तम्भ सम्बन्धी सूचना माग्दै नापी बिभागमा निवेदन

नेपाल चीन सिमास्तम्भ सम्बन्धी प्राबिधिक र प्रमाणिक सूचना माग गर्दै काठमाडौंस्थित नापी बिभागमा सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता भएको छ। अध्ययन प्रयोजनाका लागि भनेर सूचना माग गर्ने ब्यक्ति बाराको पारवानीपुर गाउँपालिका घर भएका बिनय यादव हुन्। राष्ट्रिय एकता अभियानका समेत रहेका यादवले सीमाको अवस्थिती सम्बन्धी सूचना गोप्य नभई अन्तर्राष्ट्रिय रुपमैं प्रष्ट र छर्लङ्ग राख्नु पर्ने विषय रहेको बताए।  

यादवले नापी विभागमा दर्ता गराएको निवेदनमा नेपाल–चीनस्थित २ देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट कति हो भन्ने सूचना माग गरेका छन्। त्यस्तै नेपाल–चीन सीमामा रहेका सीमा स्तम्भहरूको जीपीएस कोर्डिनेट अभिलेख गर्ने काम कुन मितिमा सम्पन्न भएको हो भन्ने जानकारी समेत मागिएको छ। त्यसै नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो भन्ने जानकारीको साथै प्रतिवेदन माग गरिएको छ। सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुनकुन सीमास्तम्भहरु भेटिएन भन्ने जानकारी समेत माग गरिएको छ।

‘नेपाली नागरिक भएको हनाले मेरो देशको सिमा सम्बन्धी यकिन जानकारी पाउने मेरो हक हो, मैले सूचनाको हक सम्बन्धी ऐन २०६४ को प्रयोग गर्दै बुधबार साँझ बिभागमा निवेदन दर्ता गराएको हुँ,’ यादवले नागरिकलाई भने, ‘सुरुमा त्यहाँका सूचना अधिकारी दामोदर ढकालले निवेदन लिन असहज मानेका थिए, यो परराष्ट्र मन्त्रालयसंग सम्बन्धित विषय हो भन्ने उनलाई लागेको थियो, हामी अभियानका साथीहरुले जे जवाफ हु्न्छ लिखित रुपमा दिनु हन आग्रह ग¥यौं, उहाँहरुले निवेदन दर्ता गर्न भयो, आशा गरौं सूचना पनि मागेकै स्वरुपमा दिनु हुनेछ।’

प्रकाशित: १५ आश्विन २०७७ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App