१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'जेष्ठ नागरिकहरुलाई उचित आहार, सम्भार, सफाइ र सम्मान दिऔं'

सन्दर्भः अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी । तस्बिर : नागरिक

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित एक कार्यक्रममा जेष्ठ नागरिकहरुलाई उचित आहार, सम्भार, सफाइ र सम्मानको आवश्यकता औंल्याइएको छ।  

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले बिहीबार आयोजना गरेको कार्यक्रमका सहभागीले आहार, सम्भार, सफाइ र सम्मानले जेष्ठ नागरिकहरुको आत्मबल र मनोबल दुबै बृद्धि हुने बताए। कार्यक्रमका प्रमुख अथिति प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले जेष्ठ नागरिकहरु अनुभवका खानी भएकोले उनीहरुलाई सबै क्षेत्रबाट सम्मान र सहयोगको आवश्यकता रहनेमा जोड दिए।  

राज्यले जेष्ठ नागरिकहरुको सम्मानका लागि खेल्दै आएको भूमिका थप प्रभावकारी बनाएर उनीहरुको अनुभवलाई प्रेरणाको रुपमा प्रयोग गर्न सक्ने उनको बिश्वास थियो। जेष्ठ नागरिक मञ्चका जिल्ला अध्यक्ष टामन सिग्देलले जेष्ठ नागरिकहरुको आत्मबल र मनोबल दुबै दरिलो भएमा उनीहरुको दीर्घजीवनमा सकारात्मक प्रभाव पर्ने बताए।  

कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर गम्भिर झाले जेष्ठ नागरिकहरु समाजको अनुभवीय सम्पतिको रुपमा रहेको स्मरण गरे। जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका टेकनाथ अर्यालका अनुसार सो अवसरमा केन्द्रले जेष्ठ नागरिकहरुलाई आमलकीचूर्ण, अस्वगन्धाचूर्ण, महानारायण तेल, टुथपेष्ट, ब्रस र मास्कसहितका शक्तिवद्र्धक औषधि र सफाइका सामग्री समेत वितरण गरेको छ।  

अर्यालले आयुर्बेद औषधिहरुले शक्तिप्रदान, दुखाइ कम र शारीरिक दुर्बलता हटाउन बिशेष भूमिका भएकोले आयुर्बेद औषधिको प्रयोगमा जोड दिएका छन्।

प्रकाशित: १५ आश्विन २०७७ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App