१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितलाई पुनः सङ्क्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ। नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो।

एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । 

यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ। उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्ला स्रोतले जनाएको छ। कोरोना सङ्क्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ। हुम्लामा तीन सक्रिय कोरोना सङ्क्रमित छन्।

प्रकाशित: १५ आश्विन २०७७ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App