५ वैशाख २०८१ बुधबार
समाज

साढे ७ किलो अफिम सहीत एक महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरमा साढे ७ किलो अफिम सहीत एक महिला पक्राउ परेकी छिन्। प्रहरीले कृष्णनगर नगरपालिका– २ पिपलबोट चेक प्वाईन्टमा आकस्मिक चेकजाँचकाक्रममा रोल्पा साबिक कुरेली गाबिस १ की सिता रोकालाई अफिम सहीत पक्राउ गरेको हो। 

चन्द्रौटा बाट कृष्णनगर तर्फ आउदै गरेको लु.१.ह १५७ को अटोमा सवार उनलाई शंकालागी चेक गर्दा झोलामा राखेको अवस्थामा अफिम बरामद भएको प्रहरी उपरिक्षक नबराज अधिकारीले बताए। 

पक्राउ परेकी रोका र अटो चालक जिल्ला कपिलवस्तु शिवराज नगरपालिका– ५ बस्ने शुशील क्षेत्रीलाई आबश्यक अनुसन्धान भईरहेको छ। एक साता अघि पनि कृष्णनगर बजारबाट ३७ किलो चरेश सहीत एक महिला पक्राउ परेकी  थिईन्।

प्रकाशित: १४ आश्विन २०७७ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App