१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१४ वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ

एक बालिका बलात्कार गरेको अभियोगमा उदयपुर प्रहरीले ५८ वर्षे पुरुषलाई पक्राउ गरेको छ। अघिल्लो राति ८ः४५ बजे १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका ५ का टेकबहादुर बुढाथोकी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

बालिकामाथि जवरजस्ती गरेको उजुरीका आधारमा जिल्ला प्रहरीबाट खटेको टोलीले शुक्रबार बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु भएको छ।  

बुढाथोकीमाथि जवरजस्ती करणी ऐन अनुसार कारबाही हुने प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जनाएका छन्।

प्रकाशित: ९ आश्विन २०७७ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App