१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निर्मलाको हत्या गरिएको आफन्तको दाबी

कैलाली एफएममा कार्यरत पत्रकार २२ वर्षीया निर्मला पहराईको हत्या गरिएको परिवारको दाबी छ। हत्या गरेर उनलाई झुण्ड्याएको पीडित परिवारको भनाइ छ। नेपाल पत्रकार महासंघलगायतका विभिन्न संघ संस्थाले पनि घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्। कैलाली घोडाघोडी नगरपालिका–४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन्। सोही दिनदेखि उनी सम्पर्क विहीन भएकी थिइन्। तीनदिन पछि असोज २ गते सोही नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

निर्मलाका परिवारले ललित जाग्री र उनकी प्रेमिकाले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन्। ‘मेरो बहिनी ललितको घर जान्छु भनेर गएकी हो, तीन दिनपछि झुण्डिएको अवस्थामा फेला परिन्,’ उनका दाजु विशालले भने, ‘शवको अवस्था हेर्दा हत्या भएको प्रष्ट देखिन्छ।’ करिब ६ वर्षदेखि २४ वर्षीय ललितसँग निर्मलाको प्रेम सम्बन्धमा रहेको उनले बताए। ६ महिनाअघि सुदूरपश्चिम दलित पत्रकार संघ गठन भएको थियो। उक्त संघको निर्मला सहसचिव भएकी थिइन्। त्यसपछि ललितले निर्मला दलित भएको थाह पाएर विवाह गर्न नसकिने भन्दै प्रेम सम्बन्ध तोडेको विशालको भनाइ छ।  

भदौ ३१ गते बिहान ललितले निर्मलालाई फोन गरेर भेट्न बोलाएको बताइएको छ। ललितले भेट्न बोलाएकाले आफू जान लागेको भनेर निर्मण आफूलाई भनेको निर्मणकी साथी लक्ष्मी नेपालीले बताइन्। दलित भएको थाहा पाएपछि विवाह नगर्ने भन्दै ललितले निर्मणसँग झगडा समेत गरेका थिए। त्यसपछि ललितकी नयाँ प्रेमीका र निर्मणबीच पनि विवाद भएको लक्ष्मीको भनाइ छ। 

प्रकाशित: ५ आश्विन २०७७ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App