१६ चैत्र २०८० शुक्रबार
समाज

आफै तलब बढाउने अधिकृतलाई समेत पदक

कानुन विपरित आफ्नो तह भन्दा माथिल्लो तहको तलब खाने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले समेत तक्मा पाएका छन्। संविधान दिवसको अवसरमा उनलाई प्रबल जनसेवा श्री चर्तुथले बिभुषित गरिने घोषणा भएको हाे। ४८औ कार्यपालिका बैठकबाट नगरपालिकाका प्रमुख रोमनाथ ओली नभएको बेलामा उनले उपप्रमुख गिता अधिकारीलाई प्रभावमा पारेर निर्णय गराएका थिए। 

यो पनि पढ्नुहोस्

स्थानीय तहको बेथिति, आफ्नो तलब आफै बढाउँदै

गत वर्ष असोज ४ गते शनिबारको बैठकमा उनले तलब बढाउने निर्णय गराएका हुन्। उनी भन्दा उपल्लो तहका दिनेशकुमार न्यौपानेले त्यहाँ शिक्षा शाखाका दशौँ तहका अधिकृत छन्। उनी बराबर तलब खानका लागि तिम्सीनाले बोर्ड बैठकबाट निर्णय गराएर तलब बढाएका थिए।  

समाचार प्रकाशित भएपछि तत्काल उनले तलब फिर्ता गर्ने भनेर फेसबुकमा लेखे पनि न फिर्ता गरे न त्यसको जानकारी नै गराए। उपल्लो निकायसँग पहुँच भएका उनी सबै प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा समेत दमकमा नै बसेका छन्।  

यो पनि पढ्नुहोस्

आफूखुसी बढाएको तलब अधिकृतले अझैं फिर्ता गरेनन्

गत साउन १ गतेदेखि नै लागु हुने गरि उनले तलब बढाएका थिए। प्रमुख प्रशासकीय अधिकृत कार्यापालिकाको सदस्य सचिव रहन्छन्। सरकारी तलब अनुसार तिम्सीनाको तलब ४० हजार तीन सय ३० रुपैयाँ मात्रै हुन्छ। तर तिम्सीनाले भने कार्यापालिकाबाट निर्णय गराएर ७ हजार ५० रुपैयाँ थप तलब बुझ्ने गरेका हुन्।

प्रकाशित: ४ आश्विन २०७७ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App