१२ कार्तिक २०७७ बुधबार
समाज

संविधान दिवसमा कास्की कारागारबाट एघार कैदीबन्दी रिहा

संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्दाका एक महिलासहित ११ कैदीबन्दी आज मुक्त भएका छन्। नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णयअनुरुप उनीहरु मुक्त भएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए।

उनका अनुसार सरकारले निश्चित कैद समय भुक्तान गरेका कैदीबन्दीलाई राष्ट्यि दिवस एवम् महत्वपूर्ण सन्दर्भका अवसरमा भुक्तानी गर्नुपर्ने बाँकी कैद समय मिनाहा गर्ने गरेको छ। बाँकी कैद समय माफी हुनेमा कर्तव्य ज्यान मुद्दाका पाँच, सवारी ज्यानसम्वन्धी दुई, चोरी, आगलागी ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जवरजस्ती चोरीका एक महिलासहित एकएक जना गरेर ११ बन्दी मुक्त भएका हुन्। 

कार्यलय प्रमुख लामिछानेका अनुसार कास्की कारागारमा अब विभिन्न मुद्दाका नौ सय २४ कैदीबन्दी छन्।

प्रकाशित: ३ आश्विन २०७७ १९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App