१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुलमानको पक्षमा पूर्व–पश्चिम राजमार्गमा निरन्तर प्रदर्शन

कुलमान घिसिङको पक्षमा शनिबार दिउँसो हरिवनमा गरिएको पदयात्रा । तस्बिरः टंक/नागरिक

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्न माग राख्दै सर्लाहीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निरन्तर प्रदर्शन भईरहेको छ।  

शुक्रबारदेखि दुई दिनसम्म निरन्तर प्रर्दशन भईरहेको छ। शनिबार दिउँसो हरिवनमा आयोजित पदयात्रामा स्थानीय सयौं सर्वसाधारणको उपस्थिती रहेको थियो। हरिवनको कडरिया चोकबाट पूर्व–पश्चिम राजमार्गमा गरिएको पदयात्रा कृष्ण चोकस्थित सगुन सहकारीको भवन अगाडी पुगेर कोण सभामा परिणत भएको थियो।  

त्यस्तै शनिबार बिहान नै लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा पनि स्थानीयले कुलमान घिसिङलाई नियुक्तिको माग राखेर प्रदर्शन गरेका थिए। लालबन्दीमा अटो व्यवसायीहरुले समेत र्‍याली गरेका छन्।  

शुक्रबार पनि बिहान र दिउँसो मोटरसाईकल र्‍यालीसहित प्रदर्शन गरिएको थियो। मलुकुलाई १८ घण्टासम्मको लोडसेडिङबाट मुक्त गराएको तथा टाटै पल्टिने अवस्थामा पुगेको विद्युत प्राधिकरणलाई नाफामा पुर्‍याएका कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएर वर्तमान केपी ओली सरकारले आम नेपाली जनताको चाहनामाथि कुठाराघात गरेको प्रदर्शनको अगुवाई गरिरहेका सामाजिक अभियान्ता तथा सर्भीस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालले आरोप लगाए।

प्रदर्शनका सहभागीले हाम्रालाई हैन, राम्रालाई नियुक्ति गर, कुलमान घिसिङलाई नियुक्ति गर लगायत नारा अंकित प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए।  

घिसिङको चारवर्षे कार्यकाल गत आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको थियो।

प्रकाशित: ३ आश्विन २०७७ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App