१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा परेकालाई विदेशबाट सहयोग

पाँचथरको याङवरक गाउँपालिकाको थुर्पमा ट्याक्टर दुर्घटनामा परि मृत्यु भएका परिवार र घाइतेलाई विदेशबाट आर्थिक सहयोग भएको छ। सोहि ठाउँमा जन्मिएर बेलायत र अमेरिकामा रहेकाहरुले सहयोग गरेका हुन्।

असार २७ गते भगवतीप्रसाद मावोको मलामी गएर फर्किदा ट्याक्टर दुर्घटनामा परेकाहरुलाई आर्थिक सहयोग गरीएको हो। पाँचथर थर्पु समाज युके र अमेरिकामा बस्ने सोहि क्षेत्रका बासिन्दाको पहलमा संकलित रकम हस्तान्तरण गरीएको छ। गाउँपालिका प्रमुख लेखनाथ घिमिरे लगायतले रकम हस्तान्तरण गरेका हुन्।  

बेलायतबाट प्राप्त ५ लाख  २६ हजार २ सय ७० रुपैयाँ र अमेरीकाबाट प्राप्त १ लाख ५७ हजार ३ सय ५८ रुपैयाँ हस्तान्तरण गरीएको सहयोगका लागि स्थानीय रुपमा संयोजन गरेका हर्क तावाले जानकारी दिए।

दुर्घटनाबाट घाइते हाङजिती मावोलाई १ लाख ८० हजार ८ सय ३०, जितेन्द्र रोकालाई १ लाख ७ हजार २ सय ३०, अञ्चल थापालाई ८२ हजार ९ सय १५, अखिलबहादुर माबोलाई ८२ हजार ९ सय १५ प्रदान गरीएको थियो। यस्तै, दुर्घटनाबाट मृत्यु भएका मानध्वोज भनिने रामध्वज मावोको परिवारलाई ५४ हजार ८ सय ८० रुपैयाँ सहयोग गरिएको थियो।  

सोहि रकम हस्तान्तरण कार्यक्रममा आर्थिक अवस्था कमजोर भएकी सारा शिवालाई स्वास्थ्य उपचार खर्चको रुपमा अमेरिकाबाट प्राप्त १७ हजार ५ सय रुपैयाँ सहयोग गरीएको थियो।

बेलायतमा रहेका सो क्षेत्रका बासिन्दाले पाँचथर थुर्प समाज युकेमार्फत रकम संकलन गरेका थिए। यस्तै, अमेरिकामा दिपक दिवालीको अगुवाईमा सोहि क्षेत्र जन्मथलो भएका तथा उनीहरुका साथीहरुले रकम संकलन गरेर पठाएका थिए।

घाइते तथा मृतकका परिवारलाई उक्त सहयोगले महत्पूर्ण राहत पुगेको स्व. भगवती मावोका छोरा असिम मावोले बताए।

प्रकाशित: ३ आश्विन २०७७ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App