४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वन फँडानी गरेको आरोपमा तीनजना पक्राउ

उदयपुर प्रहरीले वन फँडानी गरेको आरोपमा तीन युवालाई पक्राउ गरेको छ। जिल्लाभित्रका प्राकृतिक स्रोतसाधनको उत्खनन तथा चोरी निकासी र बिक्री वितरण गर्नमा रोक लगाउने अभियान अन्तरगत जिल्लाभरी सतर्कता अपनाउने क्रममा बेलका नगरपालिकामा अवैध काठ काटिरहेको भेटिएका स्थानीय ३ युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

स्थानीय एक सामुदायिक वन उपभोक्ता समूहबाट अवैध रुपमा काठ काट्ने काम भईरहेको भन्ने सुराकीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले बुधबार दिउँसो बेलका नगरपालिका ९ कमलाबारीका ३० वर्षीय दीपेन्द्र राई, ३५ वर्षीय अर्जुन राई र २२ वर्षीय राकेश राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। टोलीले उनीहरुलाई जंगलबाटै रंगेहात भेटेर पक्राउ गरेको हो।  

सखुवा जातको काठ काट्दै गरेको अवस्थामा पक्राउ परेका तीनैजनालाई इप्रका रामपुरमा ल्याई आवश्यक अनुसन्धान गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गाईघाटको जिम्मा दिएको जनाएको छ। उनीहरुलाई वन कार्यालयको हिरासतमा राखेर वन ऐन अनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७७ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App