१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयर शाक्य कोरोना संक्रमणमुक्त भएर घर फर्के

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएका छन्। गत भदौं १५ गते मेयर शाक्यमा कोरोना संक्रमण देखिएको थियो।  

कोरोना संक्रमण देखिएसँगै होम आइसोलेसनमा बसेका मेयर शाक्य परिवारका अन्य सदस्यमा देखिएसँगै सोल्टी होटलको आइसोलेसन कक्षमा बस्दै आएको स्रोतले जनायो। मेयर शाक्य आइतबार कोरोना संक्रमणमुक्त भएर भोटेबहालस्थित आफ्नो घरमा फर्किएका हुन।  

मेयर सचिवालय स्रोतका अनुसार केही दिन घरमै आराम गरेर नियमित काममा फर्किने योजना रहेको छ। शनिबार कोरोना परीक्षण गरेको रिपोर्ट आइतबार नेभेटिभ आएसँगै मेयर र उनको श्रीमती घर फर्किएका हुन।

प्रकाशित: २८ भाद्र २०७७ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App