१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विप्लव समूहका जिल्ला सेक्रेटरी मेन्याङ्बो कारागार चलान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बो लिम्बू कारागार चलान भएका छन्। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवामा लुकिछिपी हिँड्दै गरेको अवस्थामा विप्लव समूहका जिल्ला सेक्रेटरी मेन्याङ्बोलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। उनी आइतबार कारागार चलान भएका छन्।  

ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेजसहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका मेन्याङ्बोलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको पनि श्रेष्ठले बताए। मेन्याङ्बोविरुद्ध विभिन्न ठाउँमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको भनी पहिले नै मुद्दा दर्ता गरेको थियो।  

प्रहरीका अनुसार बम विस्फोट घटनामा संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएपछि प्रहरीले मेन्याङ्बोको खोजी कार्य जारी राखेको थियो। यसै क्रममा उनी पक्राउ परेका थिए।

प्रकाशित: २८ भाद्र २०७७ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App