२१ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शनिबार मोटरसाइकलको ठक्करबाट घाइते भएकी विराटनगर–१३ की ४० वर्षीया मीरा ठाकुरको उपचारका क्रममा आइतबार मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।  

‘तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिई घाइते भएकी ठाकुरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो,’ मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोद्दारले भने, ‘चालकसँग सवारी चालक अनुमतिपत्र नभएको हुँदा नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका छौं।’  

विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले महिलालाई शनिबार दिउँसो १ बजे ठक्कर दिएर घाइते बनाएको बताए। ठक्करबाट ठाकुरको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी पोद्दारले जानकारी दिए।  

विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीले चलाएको को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र चालकसँग सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ।

प्रकाशित: २८ भाद्र २०७७ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App