१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थुनुवालाई कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मोरङको विभिन्न प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामध्ये पहिलो पटक जिल्लाको हिरासतमा कोरोना भाइरस देखिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘मोरङमा पहिलो पटक थुनुवामा कोरोना संक्रमण देखिएको हो।’ जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका सुनवर्षी नगरपालिका–४ का २६ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ।

‘भदौ २० गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको र सोमबारसाँझप्राप्त भएको रिपोर्टमा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो,’ डिएसपी राईले भने, ‘कोरोना पुष्टिपछि ती थुनुवालाई विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरेका छौं।’

मंगलबार बिहानसम्म मोरङ प्रहरीको हिरासतमा रहेका २६ जना थुनुवामध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको डिएसपी राईले बताए। कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रहरीले पक्राउ गरेकालाई हिरासतमा राख्नुअघि पिसिआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षा अपनाउने गरेको प्रहरीले जनाएको छ।  

 

प्रकाशित: २३ भाद्र २०७७ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App