१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार आरोपमा एक पक्राउ

बलात्कार आरोपमा पक्राउ परेका गणेश खत्री ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २० भलामका गणेश खत्री बलात्कार आरोपमा पक्राउ परेका छन्। स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका खत्री पेशाले ट्याक्सी चालक (ड्राइभर) हुन्।

खत्रीले भदौ २० गते शनिबार विहान जंगलमा हिंडिरहेको समयमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। जंगलमा विहान पौने ९ बजेको समयमा एक्लै हिंडिरहेकी बालिकालाई धाक धम्की देखाई करणी गरेको भन्ने किटानी जाहेरी परेकाले पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए।  

उनलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो। खत्रीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डिएसपी हमालले बताए।

भलाम घर भएका खत्रीले पोखराको बगरस्थित ट्याक्सी चोकमा ट्याक्सी राखेर पोखरा तथा आसपासका क्षेत्रमा ट्याक्सी चलाउँथे। उनको चरित्र पहिलेदेखि नै खराब रहेको स्थानीयबासी बताउँछन्।  

श्रीमती र २ छोरीको बाउसमेत रहेका खत्रीलाई यसअघि २ पटक बलात्कारको आरोप लागिसकेको स्थानीयबासीले बताएका छन्। तर त्यो बेला उनीविरुद्ध प्रहरीमा उजुरी परेन। गाउँमै कुरा मिलाएर गुपचुप पारेका कारण उनी २ पटकसम्म बचेका थिए।

खत्रीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तर्गतको मुद्धा चलाइने कास्की प्रहरीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७७ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App