coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

उपचारको क्रममा शनिवार गोरखा अस्पतालमा मृत्यु भएकी ७५ वर्षिया महिलालाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ। दिर्घरोगी रहेकी महिलाको परिवारका सदस्यलाई शुक्रवार नै कोरोना पुष्टि भएको थियो। त्यसपछि महिलाको स्वाब लिएर परीक्षण लागि प्रयोगशाला पठाइएको थियो। रिपोर्ट नआउँदै शनिवार दिउँसो उनको गोरखा अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए। आइतबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। रिपोर्ट पोजेटिभ आएसँगै गोरखा अस्पतालका आकस्मिक कक्षका स्वास्थ्यकर्मी आइसोलेसनमा बसिसकेको ढकालले बताए। महिलाको मृत्यू लगत्तै बन्द गरिएको अस्पतालको आकस्मिक कक्ष शुक्रवार रातीदेखि नै सुचारु भएको अस्पतालले जनाएको छ। मृतक महिलाको शव ब्यवस्थापनको तयारी सुरु भएको छ।  

 

 

 

 

प्रकाशित: २१ भाद्र २०७७ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App