९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

हटस्पट वीरगन्जको अवस्था सुधारोन्मुख

कोरोना भाइरसको संक्रमणको कारण कोभिड–१९ को हटस्पट बनेको वीरगन्जको अवस्थामा सुधारको संकेत देखिएको छ। जिल्ला प्रसाशन कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको अवस्था सार्वजनिक गरेअनुसार यहाँ सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ। त्यस्तै संक्रमितका लागि आइसोलेसन र अन्य व्यवस्थामा पनि सुधार भएको छ। विज्ञहरूले भने संक्रमणको प्रसार नियन्त्रण र यसबाट हुने मानीय क्षति कम गर्ने प्रयास सार्थक भइरहेको बताएका छन्। खतरापूर्ण अवस्थाको अन्त्य भने भइनसकेको उनीहरूको भनाइ छ।

पर्सामा जम्मा कोरोना संक्रमित हालसम्म २ हजार ३ सय ७१ पुगेको छ। तीमध्ये १ हजार ८ सय ४३ पुरुष र ५ सय २८ महिला छन्। यसमध्ये १ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन्। ६८ पुरुष, २९ महिला गरी अहिले यहाँ ९७ जना संक्रमित बेग्लाबेग्लै २ कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन्। ‘होम आइसोलेसनमा बसेका ९ सय ८ जना छन्। यहाँ मृतकको संख्या भने हालसम्म ४१ पुगेको छ। दिनैपिच्छे मृतकको संख्या थपिने क्रम पनि तुलनात्मक रूपमा कम भएको छ। हाल यहाँ विभिन्न स्थानमा सञ्चालनमा रहेका ६ सय ८८ बेडको सामुदायिक आइसुलेसनमा ३ सय १ पुरुष २४ महिला गरी ३ सय २५ जना रहेका छन्।  

वीरगन्जमा सुरुमा चैत ३० मा यहाँको छपकैयास्थित एउटा अनाथालयसँगै रेहको मस्जिदमा बसेका २६ भारतीय मुस्लिम धर्म प्रचारकमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो पहिलो कोरोना सुंक्रमणको घटना थियो। त्यसपछि उनीहरूकै कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा संक्रमितको संख्या बढ्न थाल्यो। वैशाख अन्तिमसम्म संक्रमित सयको संख्या नाघ्दै तीन अंकमा पुगेको थियो। त्यतिबेला संक्रमितहरू लक्षणयुक्त थिएनन र संक्रमणमुक्त भएर एकपछि अर्को गरी आइसोलेसनबाट फूलमाला लगाएर निस्किए। जेठ १४ सम्म वीरगन्जको नारायणी कोरोना अस्पताल खाली नै भयो।  

असार महिनाभरि कोरोनाको लागि हुने परीक्षण कम भयो। संक्रमितको संख्या पनि यहाँ न्यून देखियो। सरकारले सःशुल्क परीक्षण लागू गरेपछि मानिसहरूले सःशुल्क परीक्षण गराउन जाँदा कोरोना संक्रतिको संख्या दिनदिनै बढ्दो देखिएको थियो। नागरिकहरूले आफैं कोरोना जाँच गराउादा संक्रमण पुष्टि हुने क्रम एकपछि अर्को बढेपछि समुदायमा कोरोना संक्रमण पसिसकेको भनी स्थानीय र यहाँका सरोकारवाला डराए।  

प्रकाशित: २१ भाद्र २०७७ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App