२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

बन्दाबन्दीमा हराउँदै महिला, बालबालिका

कोरोना भाइरस(कोभिड–१९)महामारीका कारण भएको बन्दाबन्दीका क्रममा पनि महिला तथा बालबालिका हराउने गरेका छन्। जारी बन्दाबन्दीको समयमा १७ जना महिला तथा बालबालिका हराएको निवेदन परेकोमा ५ जना मात्र फेला परेका छन्।  

हराएका मध्ये बाँकी १२ जनाको अवस्था अझै पत्ता लाग्न नसकेको माइती नेपाल नेपालगन्जले जनाएको छ। माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले हराइरहेका महिला तथा बालबालिकाको खोजी कार्य भइरहेको बताए। ‘उनीहरुको अवस्था पत्ता लगाउने काम भइरहेको छ, तर कोरोना महामारीका कारण समस्या भइरहेको छ,’ उनले भने।  

कोइरालाका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रही जोखिमपुर्ण यात्रामा रहेका ५ सय ७७ महिला बालबालिकालाई नेपाल भारत सिमाना जमुनाहाबाट नेपाल प्रहरीसँगको समन्वयमा उद्धार गरिएको छ।  

यस्तै एक वर्षको अवधिमा ५ सय ८५ जनाको खोज तलास तथा उद्धारको लागि निवेदन परेकोमा २ सय ८० जना मात्र फेला परेका थिए। हराइरहेका महिला तथा बालबालिका भारत गएको हुन सक्ने आशंका गरिएको छ। उनीहरु कहाँ र कुन नाकाबाट गए भन्ने एकिन हुन सकेको छैन।  

‘कोरोना कहरका कारण विभिन्न देश तथा नेपालकै विभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदी बहिनीहरु फर्किएर आ–आफ्नो थाक थलोमा आउनु, रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन् आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलिरहेको घटना क्रमहरुले देखाई रहेको छ,’ कोइरालाले भने ‘जसका कारण पनि अब राज्यको एवम हामी सबैको ध्यान यसको रोकथामका लागि झन् बढी केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित: २० भाद्र २०७७ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App