६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १ मा ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित ५४ जना शनिबार थपिएका छन्। मृत्यु हुनेमा सबै मोरङ जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

कोरोना भाइरस संक्रमतिहरूको उपचारका क्रममा विराटनगर र धरानको अस्पतालमा मृत्यु भएको हो। विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ। प्रदेश १ स्थायी ठेगाना भएका २७र अन्य १२ जना प्रदेश १ बाहिरका रहेको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा शनिबार १ हजार ७ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको मध्ये ५४ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएका मध्ये २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ।

प्रदेश १ मा शनिबार १६ जना डिस्चार्ज भएका छन्। उनीहरू सबै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ९७ हजार २ सय २१ जनाको पिसिआर परीक्षण गरिएको छ।  

प्रकाशित: २० भाद्र २०७७ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App