२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच महिनादेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान आजदेखि खुल्याे

फाइल तस्बिर

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लागू लकडाउनसँगै बन्द नियमित अन्तर्राष्ट्रिय उडान ५ महिनापछि  आज खुलाइएको छ।  

सरकारले बन्दाबन्दीको ५ महिनापछि अर्थात् आज भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दिएको हो।

भदौ ४ गते बसेृकोको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशबाट सर्तसहित नियमित उडान गर्ने निर्णय गरेको हो।  

दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ। यसबीच विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।  

नेपालमा बन्दाबन्दी सुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यसबीच कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुवैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडान मात्र भए ।  

त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि गरियो ।  

पहिलो उडान नारितामा

नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका छ। निगमको वाइड बडी जहाजले आज राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ।  

आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन्।

प्रकाशित: १६ भाद्र २०७७ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App