७ वैशाख २०८१ शुक्रबार
समाज

मालपोत कार्यालय लहान सिल, प्रमुखमा कोरोना पुष्टि

प्रदेश २ मा एकैदिन २ को मत्यु, २४६ संक्रमित थपिए

प्रदेश २ मा आइतबार एकैदिन २ जना मृतक र २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुने सप्तरीको राजबिराज नगरपालिका–२ कि ६० वर्षीया महिला र रौतहटको मौलापुर नगरपालिका–३ का ३० वर्षीय पुरुष छन ।

आइतबार मालपोत कार्यालय लहानका प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुखमा संक्रमण देखिएपछि कार्यालयलाई सिल गरेर कर्मचारीहरुलाई क्वारेन्टिन गरिएको लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए । प्रमुखको सम्पर्कमा आएकाहरुको पहिचान गरी पिसिआर परीक्षणका लागि सोमबार स्वाब संकलन गर्ने उनले बताए ।

सिरहाकै गोलबजार नगरपालिकामा एकैदिन १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख शत्रुधन साहले बताए । कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टमा पोजेटिभ पुष्टि भएकाहरुलाई जिल्ला अस्पताल सिरहा अन्तर्गतको चमाबि आईसोलेसन केन्द्रमा भर्ना गरिएको छ ।

पर्सामा ४९ जना थपिएसँगै संक्रमितको संख्या २ हजार १ सय ६७ पुगेको छ ।  बारामा ३० जना थपिएसँगै संक्रमितको संख्या ८ सय ३० पुगेको छ । रौतहटमा १ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ । सर्लाहीमा ३५ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ४ सय ४७ पुगेको छ । महोत्तरीमा ३५ जना थपिएसँगै संक्रमितको संख्या १ हजार २ सय ३६ पुगेको छ । धनुषामा ७१ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ५ सय १८ पुगेको छ । सिरहामा १९ जना थपिएसँगै संक्रमितको संख्या ४ सय २२ पुगेको छ । सप्तरीमा ४ जना थपिएसँगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ८७ पुगेको छ ।

आइतबार यस प्रदेशबाट १ सय १४ जना निको भएर घर फर्किएका छन । निको भएर घर फर्किको कूल संख्या ४ हजार ८ सय ४९ पुगेको छ । कोरोनाबाट मृतकको संख्या ८६ पुगेको छ । पर्सामा ३३, बारामा १३,रौतहटमा ४, सर्लाहीमा ३, महोत्तरीमा ८, धनुषामा १२, सिरहामा ७ र सप्तरीमा ६ जना मृतकको पहिचान भएको छ ।

प्रकाशित: १४ भाद्र २०७७ १४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App