१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आफूले दिएको सागले एकै परिवारका ४ जना गम्भीर बिरामी परेपछि उनले गरे आत्महत्या

प्रतिकात्मक तस्बिर

बागलुङको काठेखोला गाउँपालिका–५, बिहुँ रिजाल चोकका एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् ।  

उनले दिएको जरिङ्गोको साग खाएर रिजाल चोकका ४ जना गम्भीर बिरामी भएका छन् । उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।  

जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजाल चोकका ७१ वर्षीय देउरुपा कँडेल, उनकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चूडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेका हुन् । 

धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि चारै जनालाई पोखरा पठाइएको हो ।  बिरामीमध्ये चूडामणि कँडेललाई आइसियुमा राखिएको छ भने अन्यको अवस्था सामान्य भइसकेको छ ।  

विकले शनिबार घरभन्दा १०० मिटर तल रूखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

‘आत्महत्या गर्नेले समेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठीक भएको बुझ्नमा आयो,’ रेग्मीले भने, ‘सागले मानसिक असर गरेको पनि हुन सक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्छ ।’ 

प्रकाशित: १३ भाद्र २०७७ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App